कर्मचारीहरुकोलागि नयाँ आर्थिक बर्षको निति तथा कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था लि. को आयोजनामा आर्थिक वर्ष २०८०÷०८१ को निति तथा कार्यक्रमहरुको सम्वन्धमा कर्मचारीहरुलाई अभिमुखिकरण गोष्ठी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सस्थाको आफ्नै सभाहलमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे सस्थाका व्यावस्थापक दिपेन्द्र पसाद पौड्ेलले सस्थाको निति तथा कार्यक्रमहरुको सम्वन्धमा कर्मचारीहरुलाई जानकारी गराउनु र त्यसको सफल कार्यान्वयन र परिणाम प्राप्तिको लागी पुर्वतयारी गराउनुनै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको वताउनुभयो ।
कार्यक्रममा सस्थाको निति तथा कार्यक्रमहरु, वर्तमान विश्व बजार, वर्तमान सहकारीहरुको अवस्था, वजारको अवस्था तथा संस्थागत दुरदृष्टी र सम्भावनाका क्षेत्रहरुका सम्वन्धमा तथा सदस्य सन्तुष्टि जस्ता विषयहरुका सम्वन्धमा र यसमा कर्मचारीहरुको भुमिकाको विषयमा संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, सञ्चालक समिति सदस्य लक्ष्मीदेवि ढकाल, लेखा सुपरिवेक्षण समिति संयोजक विष्णुु प्रसाद लम्साल तथा लेखा सुपरिवेक्षण समिति सदस्य राम प्रसाद ढकालले आगामि कार्यक्रमको बारेमा अभिमुखिकरण गर्नु भएको थियो ।